बैंकिङ्ग प्रणालीबाट एकैदिन २६ अर्ब बाहिरियो

‘अन्तर बैंक ब्याजदर २.७५ र सिडी रेसियो ७४.०३ प्रतिशत’


काठमाडौं – पछिल्लो एक दिनमा बैंकिङ्ग प्रणालीबाट २६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। फागुन २२ गते बैंक तथा वित्तीय संस्थामा ७८ खर्ब ४२ अर्ब निक्षेप थियो। 

जुन फागुन २३ गते २६ अर्ब घटेसँगै बैंकिङ्ग प्रणालीमा ७८ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ। यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा रहेको निक्षेप पनि २६ अर्ब रुपैयाँले घट्दै ७० खर्ब ४२ अर्बमा सीमित भएको छ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट एकैदिन ७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५८ खर्ब ४४ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५८ खर्ब ३७ अर्ब रुपैयाँ थियो।

सो अवधिमा सिडी रेसियो ७५.०३ प्रतिशत कायम भएको छ। यस्तै, अन्तर बैंक ब्याजदर भने २.७५ प्रतिशतमा झरेको छ।