काठमाडौं – महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो। बैंकका अनुसार सो शेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।
सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवदन दिन सक्नेछन्। बैंकले बिक्रीमा राखेको संस्थापक शेयरको संख्या भने खुलाएको छैन।



About Us
प्रतिक्रिया