अन्तर बैंक कारोबारमा गिरावट, ८ महिनामा ७ खर्ब ४३ अर्ब मात्रै


काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा ७ खर्ब ४३ अर्ब ८६ करोडको अन्तर बैंक कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूको ६ खर्ब २९ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब १४ अर्ब १५ करोड अन्तर बैंक कारोबार भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तरबैंक कारोबार भएको थियो।