काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर भएसँगै कम्पनीको सञ्चालक समिति पुनर्गठन भएको छ।
कम्पनीले साविकको ३ जना संस्थापक शेयरधनी शेखर गोल्छाको स्थानमा उदय कुमार निरौला, शाहिल अग्रवालको स्थानमा दिपेन्द्र कुमार मिश्र र रोहित गुप्ताको स्थानमा पृथ्वी राज थापालाई नियुक्त गरेको हो।
कम्पनीले चैत २६ गतेदेखि लागू हुने गरी आगामी वार्षिक साधारण सभा सम्मका लागि नयाँ सञ्चालकहरूको मनोनयन स्वीकृत गरेको हो। साथै, सञ्चालक समितिको अध्यक्ष पदमा नव–नियुक्त सञ्चालक उदय कुमार निरौलालाई नियुक्त गरेको छ।



About Us
प्रतिक्रिया