यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बिक्रीमा


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। जस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सो शेयरमा आगामी वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्।