मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ७८ हजार ५७२ कित्ता शेयर बिक्रीमा राखेको हो। 

सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ। सो खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।