काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन्। बैंकको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई सो पदमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
उनको दोस्रो कार्यकाल चैत २९ गतेदेखि सुरु हुनेछ भने कार्यकाल ४ वर्षको हुने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया