काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीमा राखेको हो ।
पहिलो चरणमा सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सो शेयर बिक्री गर्ने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया