नेप्सेमा ४५.१२ अंकको वृद्धि, कारोबार रकम ८ अर्ब


काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) अंकले बढेर बजार २७ सयको बिन्दुबाट उकालो लागेर २८ सय २ दशमलव ५२ को बिन्दमा बन्द भएको छ।

आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ९ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी एसवाई प्यानल नेपालको शेयर कारोबार भएका छ। आज यस कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक, सोलु हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन्। आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यससँगै, आज सबैभन्दा बढी श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका हुन्।

यससँगै आज १३ वटै सेक्टरमा हरियाली देखिएको छ। आज सबैभन्दा बढी उत्पादनमूलक सेक्टर बढेरको छ। आज सो सेक्टर ३.८७ प्रतिशतले बढेको हो। त्यस्तै, हाइड्रोपावर सेक्टर २.६१ प्रतिशत, डेभलपमेन्ट बैंकका सेक्टर १.९८ प्रतिशत र बैकिङ्ग सेक्टर १.१५ प्रतिशतले बढेको छ।