काठमाडौं – नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि ५६ दिनका लागि २५ अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ।
निक्षेपमा आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो ५६ दिने निक्षेप संकलन उपकरणको आउँदो जेठ २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो। सोही क्रममा आज पनि बजारबाट पैसा झिक्न लागेको हो।



About Us
प्रतिक्रिया