काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू (बैंक तथा वित्तीय संस्था र बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्था) ले प्रदान गर्ने भुक्तानी कार्डबाट विभिन्न सेवा लिन सकिन्छ।
राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानीलाई बढावा दिइरहेको छ। विद्युतीय भुक्तानीको एउटा महत्वपूर्ण औजार भनेको भुक्तानी कार्ड हो।
विद्युती भुक्तानी कार्डबाट विभिन्न वित्तीय गतिविधि गर्न सकिन्छ। यसबारेमा प्रस्ट पार्न आज राष्ट्र बैंकले सचेतनामूलक सन्देश पनि जारी गरेको छ। विद्युतीय कारोबार गर्दा सोसम्बन्धी विषयमा जानकारी राख्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।




About Us
प्रतिक्रिया