काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनीको संचालक समिति बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
कम्पनीले कम्पनीको संस्थापक शेयरधनी रहेको लक्ष्मी कर्ष नेपाल प्रालि को तर्फबाट प्रतिनिधित्व गरेका बजाजलाई आज २३ गते देखि लागू हुने गरी संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
यसअघि, कम्पनीका अध्यक्ष रहेका शुलभ अग्रवालले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा मुछिएपछि राजिनामा दिएका थिए ।



About Us
प्रतिक्रिया