काठमाडौं – नेपालकै इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्री पक्राउ पर्ने घटनामा प्रहरीले ‘हाई प्रोफाइल अरेस्ट’का लागि परिचित प्रहरी अधिकृत (वरिष्ठ उपरीक्षक) एसएसपी होबिन्द्र बोगटीलाई नै फिल्ड कमान्डमा खटायो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पक्राउ हुँदा पनि कमान्ड सम्हालेका बोगटीकै नेतृत्वमा पूर्व प्रधानमन्त्री पक्राउ परेका हुन्।
नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकार गठन भएको २४ घण्टा नबित्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन्।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्री पक्राउ पर्ने घटनासँगै यो अपरेसनको नेतृत्व गर्ने प्रहरी अधिकृतको भूमिकासमेत अहिले चर्चा र विश्लेषणको विषय बनेको छ।
नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेका अनुसार नेपालमा यसअघि पूर्व प्रधानमन्त्री पक्राउ परेका उदाहरण छैनन्। यद्यपि, विभिन्न समयमा अनुसन्धानको दायरामा भने परेका थिए। कानुनअनुसार आवश्यक ठहरिए जोकोही पनि अनुसन्धानमा पर्न सक्ने भएपनि देशको कार्यकारी नेतृत्व सम्हालेको व्यक्ति नै पक्राउ पर्नु असाधारण घटना भएको सरोकारवालाहरू बताउँछन्। यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा विवादमा तानिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरी विशेष अदालतमा मुद्दा चलिरहेको छ। तर पूर्व प्रधानमन्त्री पक्राउ भने यसअघि भएको थिएन।
‘हाई प्रोफाइल अरेस्ट’का कमान्डर बोगटी
पूर्व प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न नेपाल प्रहरीका दुई एसएसपीको नेतृत्वमा टोली खटाइएको थियो, जसमा एक एसएसपी होबिन्द्र बोगटी थिए। हाल ललितपुर प्रहरी प्रमुख रहेका बोगटी काठमाडौंका चर्चित ‘हाई प्रोफाइल अरेस्ट’ अपरेसनका लागि परिचित प्रहरी अधिकृत मानिन्छन्।
बोगटी यसअघि रवि लामिछाने पक्राउ प्रकरणमा पनि कमान्डर थिए। त्यसबेला उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए र सूर्य दर्शन सहकारी प्रकरणमा अनुसन्धानका क्रममा बोगटीकै नेतृत्वमा लामिछाने पक्राउ परेका थिए।
भक्तपुरको गुण्डुबाट पक्राउ
चैत्र १४ शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्न दुई एसएसपी नेतृत्वको टोली फिल्डमा खटिएको थियो। प्रहरी टोली गुण्डु पुग्दा एमालेका केही कार्यकर्ता त्यहाँ भेला भइसकेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका क्रममा भएका घटनामा जिम्मेवार ठहर गरिएको थियो। त्यसपछि ओलीलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइएको हो।
जाँचबुझ आयोगले के भन्यो?
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले सुरक्षा अवस्था प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको निष्कर्ष निकालेको छ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्री पक्राउ पर्ने घटनासँगै यो अपरेसनको नेतृत्व गर्ने प्रहरी अधिकृतको भूमिकासमेत अहिले चर्चा र विश्लेषणको विषय बनेको छ।
प्रतिवेदन अनुसार भदौ २३ गतेको हिंसात्मक घटनापछि जोखिमको उचित मूल्याङ्कन नभएको, राष्ट्रिय सुरक्षा परिषद्बाट समयमै ठोस निर्णय नभएको र सामाजिक सञ्जाल प्रतिबन्ध र फुकुवा पर्याप्त तयारीबिना गरिएको थियो थियो। त्यस्तै, कर्फ्यूका बेला सुरक्षा निकायबीच समन्वय अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रधानमन्त्रीबाट आवश्यक पहल नहुँदा अवस्था थप बिग्रिएको पनि भनिएको थियो। यही निष्कर्षका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई जिम्मेवार ठहर गरिएको हो।
रवि पक्राउदेखि ओली पक्राउसम्म एउटै कमान्ड
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरेको थियो। त्यसपछि बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो। फेरि पूर्व प्रधानमन्त्री पक्राउ प्रकरणमा पनि बोगटी नै फिल्ड कमान्डमा देखिए।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्री पक्राउ पर्ने घटनासँगै यो अपरेसनको नेतृत्व गर्ने प्रहरी अधिकृतको भूमिकासमेत अहिले चर्चा र विश्लेषणको विषय बनेको छ।



About Us
प्रतिक्रिया