विराटनगर — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले विराटनगरका स्थानीय महिला समूहसँग शनिबार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्याक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका प्रकारहरूबारे जानकारी गराएकी थिइन् । उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्व प्रक्रिया र दावी प्रक्रियाका विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिएका थिए ।
अन्तरक्रिया सत्रमा सहभागी महिला हरूले बीमा सम्बन्धी बीमा पछी रोग लाग्यो भने पाँउने सुविधा , बीमा गर्नुपर्ने व्याक्ति रोगी छ भने बीमा हुन्छ कि हुर्दैन , पीआईडी को सुविधा कसरी लिने र समुहमा बीमा कुन कुन गर्न सकिन्छ लागायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो । प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराइन् ।
उनलले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउँदै हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औलाइन् । उनले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत गरिन् । कार्यक्रममा करिब ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।



About Us
प्रतिक्रिया