काठमाडौं – नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रा.लि.र सुपर फाइन मनि चेन्जर प्रा.लिको लाइसेन्स खारेज गरेको हो ।
तोकिएको समयमा नवीकरण नगरेको भन्दै केन्द्रीय बैंकले इजाजतपत्र रद्द गरेको हो । मनिचेञ्जरहरुले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, सो व्यवस्थालाई उल्लघंन गरेपनि केन्द्रीय बैंकले इजाजतपत्र रद्द गरेको हो ।



About Us
प्रतिक्रिया