काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर २०० रुपैयाँ नाघेको छ। नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा उल्लेखनीय वृद्धि गरिएको हो।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि तथा आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ। नयाँ दर अनुसार पेट्रोलको मूल्य २०० रुपैयाँभन्दा माथि पुगेको छ भने डिजेल प्रतिलिटर १८२ र मट्टितेल प्रतिलिटर १८२ रुपैयाँ कायम गरिएको छ।
यस मूल्यवृद्धिले यातायात खर्चमा वृद्धि भई बजारमा वस्तु तथा सेवाको मूल्य बढ्ने सम्भावना देखिएको छ। सरकारले अवस्था नियन्त्रणका लागि आवश्यक पहल गर्ने बताएको छ।



About Us
प्रतिक्रिया