काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.८२ अंकले बढेरसँगै १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सबैभन्दा बढी कमाउने कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावर रहेका छन्।
जसमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, क्रमशः होटल फरेष्ट इनका लगानीकर्ताले ९.९८ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.४२ प्रतिशत, श्रीनगर एग्रिटेकको ६.७३ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ३.४७ प्रतिशत र एनआइबीएल समृद्धि फण्ड–२ को ३.९० प्रतिशतका दरले कमाएका छन्।



About Us
प्रतिक्रिया