नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)५.८२ अंकले बढेर बजार २७ सय ८२ दशमलव १८ मा पुगेको बिन्दुमा पुगेको छ।

आज ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी एसवाई प्यानल नेपालको शेयर कारोबार भएको छ। यस कम्पनीको आज ३५ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको ३० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स र रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ताले कमाएका छन्। आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज भूगोल इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.०६ प्रतिशतका दरले गुमाएका छन्।