प्रि ओपन सेसनमा ५.५४ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.५४ अंकले घटेर बन्द भएको छ। यस सेसनमा २७ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यस सेसनमा ४७ कम्पनी कारोबारमा आउँदा ३ हजार ६७४ कित्ता शेयर किनबेच भएको छ। सो सेसनमा भरमा ८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ।

यससँगै ९ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।