शेयर बजारमा पहिरो, नेप्से ७४.७३ अंकले घट्दा १२ अर्बको कारोबार


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७४.७३ अंकले घटेर बजार २८ सयको बिन्दुबाट झरेर २७ सय ७६ दशमलव ३६ मा पुगेको छ।

आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.२८ प्रतिशतका दरले गुमाएका छन्। आज नेप्सेमा १३ वटै सेक्टर राताम्मै देखिएको छ। नेप्से ७४.७३ अंकले घट्दा सबैभन्दा बढी अन्य सेक्टरका कम्पनीहरु ५.२६ अंकले घटेको छ। त्यस्तै, डेभलपमेन्ट बैंकका सेक्टर ३.१८ प्रतिशत, बैकिङ्ग सेक्टर २.३१ प्रतिशतले घटेको छ।