काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.७० अंकसँगै ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ। आज कारोबारमा आएका ३३९ कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटेल फरेष्ट इनको कम्पनीमा सकारात्मक सर्किट लागेको हो।
आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन्।यी पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसँगै रिलायन्स स्पिनिङको शेयरमूल्य २६ सय ७९ दशमलव ३० रुपैयाँमा कायम भएको छ।
त्यस्तै, भुजुङ हाइड्रोपावरको ५ सय ७८ दशमलव ६० रुपैयाँ, सुपर खुदी हाइड्रोपावरको ४ सय ८३ दशमलव १० रुपैयाँ, रिज लाइन इनर्जीको ३ सय ९९ दशमलव ३० रुपैयाँ र होटेल फरेष्ट इनको शेयर मूल्य ३ सय ४९ दशमलव ८० रुपैयाँ पुगेको छ।



About Us
प्रतिक्रिया