नेप्सेमा दोहोरो अंकको वृद्धि देखिदा कारोबार रकम भने घट्यो


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.७० अंकले बढेर बजार २८ सय ५१ दशमलव ९ को बिन्दुमा बन्द भएको छ।

आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा सबैभन्दा बढी रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको ४० करोड ३८ लाख रुपैयाँ कारोबार भएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटेल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन्। आज यी ५ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, एनआइसी एशिया ब्यालेससिट फण्डको ५.७१ प्रतिशत, त्यस्तै एनआइबीएल ग्रोथ फन्डका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन्।