काठमाडौं – नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) को भूमिका बुझ्न आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै डिजिटल भुक्तानीको सही उपयोग गर्न आग्रह गरेको हो।
केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्योट प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरू यसअन्तर्गत पर्ने उल्लेख गरेको छ। त्यस्ता संस्थाहरू भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक गरी दुई किसिमका हुन्छन्।
पीएसपीले सर्वसाधारण सेवाग्राहीका लागि वस्तु, सेवा, सम्पत्ति, वा अन्य दायित्व बापतको रकम भुक्तानी गर्ने, स्वदेशमा रकम स्थानान्तरण (ट्रान्स्फर) वा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने गर्दछन्। यस्तै, पीएसओले समाशोधन गृह, विद्युतीय कार्ड वा अन्य (अनलाइन) भुक्तानी सञ्जाल सञ्चालनमार्फत भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्दछन्।
हाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिई २१ वटा पीएसपी र ८ वटा पीएसओ सञ्चालनमा छन्।



About Us
प्रतिक्रिया