काठमाडौं – काठमाडौंका तत्कालीन सीडीओ पक्राउ परेका छन् । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान गर्न अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाललाई आज बिहान सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको छ। उनी जेनजी आन्दोलनका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । साथै, तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



About Us
प्रतिक्रिया