काठमाडौं – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाइ आज नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । सन नेपाल लाइफले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण र कागजात पेश गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सो को प्रतिलिपिहरूको विवरण फरक निकायमा पेश गर्दा नमिलेको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा सीईओलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमती प्राप्त लिएर उनलाई पुतलीसडकबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया