दोस्रो दिन पनि नेप्सेमा ४७.७१ अंकको गिरावट, कारोबार रकम १२ अर्ब माथि 


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७.७१ अंकले घटेर बजार २८ सय ३१ दशमलव ३९ को बिन्दुमा बन्द भएको छ। 

आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ हजार रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा सबैभन्दा बढी रिदि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख रुपैयाँ, शिव्म सिमेन्टको ४३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटेल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन्। आज यी ४ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले गुमाएका हुन्।