लुम्बिनीकी प्रदेश सांसद रेखा शर्मा पक्राउ  


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धानले लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई पक्राउ गरेको छ। उनलाई राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो। 

एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ। २०८१ जेठ १४ गते बालुवाटारबाट काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो। शर्माले दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो।

 त्यति बेला मेयर रहेका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न गरेका थिए। सांसद शर्मामाथि उनले नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लगाएका थिए।