नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज लिन राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज रकम लिन आग्रह गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई ब्याज रकम लिन आग्रह गरेको हो।

केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशीघ्र भुक्तानी लिन मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्नुहुन सम्बन्धित सबै बचतपत्रधनीलाई अनुरोध छ।’