यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७१.०५ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरुमा रलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपार, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक र भुजुङ हाइड्रोपावरका लगानीकर्ता रहेका छन्।

जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपार र रिज लाइन इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, क्रमशः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकको ९.९९ प्रतिशत, भुजुङ हाइड्रोपावरको ९.९८ प्रतिशत त्यस्तै, होटल फरेष्ट इनका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन्।

यससँगै आज यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.१७ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, हिमालयन बैंक लिमिटेड बोन्ड २०८६को ५.६२ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ५.४५ प्रतिशत, अभियान लघुवित्तको ५.३९ प्रतिशत र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले गुमाएका छन्।