काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तारेख बुझेका छन्।
काठमाडौं जिल्ला अदालतले लामिछानेको अर्को तारेख वैशाख १४ गते तोकेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले बताए। लामिछानेले आइतबार बिहान अदालत पुगेर तारेख बुझेको हुन्। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा खेपिरहेका छन्।
उनीविरुद्ध ०८१ पुस २१ मा सङ्गठित रूपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ।



About Us
प्रतिक्रिया