एसएमई, कृषि तथा सूचना प्रविधि क्षेत्रमा प्रवाहित कर्जाकाे जोखिम भार कम गर्ने


काठमाडौं – सरकारले साना तथा मझौला उद्योग (एसएमई), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा लचक नीति लिने भएको छ । सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्दै साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा लचक बन्ने भएको हो ।

जसका लागी सरकारले यस्तो क्षेत्रमा प्रवाहित कर्जाको जोखिम भार कम गराउँने भएको हो । सरकारले नेपाल राष्ट्र बैंकलाई आगामी ३० दिनमा यस्तो क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाई उपयुक्त तहमा झार्ने व्यवस्था मिलाउन भनेको हो ।