प्रि ओपन सेसनमा साढे ८ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.६२ अंकले बढेर २९ सय ८५ दशमलव ७८ को बिन्दुमा पुगेर बन्द भएको छ।

यस सेसन भरमा १० करोड ७५ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने १ लाख ७५ हजार ८९९ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरमा १४७ कम्पनीले कारोबार गर्दा ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३४ कम्पनीको शेयर मूल्य बढेसँगै ३३ कम्पनीको शेयर मूल्य घटेको छ।

Skip This