काठमाडौं – पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। ओलीलाई प्रहरीले शनिबार सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट पक्राउ गरेको हो भने लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका पवक्ता प्रबिण धितालले बैंकिङ्ग समचारलाई बताए।
उनीहरु दुवै जनालाई आफ्नो-आफ्नो निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइँदै गरिएको उनले जानकारी दिए। नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसपछि गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए। प्रहरीले पक्राउ अघि सरकारसँग औपचारिक लिखित आदेश माग गरेको र मध्यराति कानुन मन्त्रालयका सचिवलाई समेत नक्सालस्थित प्रहरी मुख्यालयमा बोलाएकाे थियाे।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले अध्ययन गरेर तत्कालीन अन्तरिम सरकारका प्रमुख सुशीला कार्की समक्ष प्रतिवेदन बुझाएको थियो।



About Us
प्रतिक्रिया