काठमाडौं – गत भदौ २३/ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति र दोषीमाथि छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अनौपचारिक रूपमा सार्वजनिक भएको छ। आयोगले ९०७ पेजको प्रतिवेदन बनाएर घटनामा दोषी उपरलाई थप छानबिन र कारबाही गर्न सुझाएको छ।
आयोगको प्रतिवेदनले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङसहित अन्य प्रहरी अधिकृतलाई पनि कारबाही गराउन नेपाल सरकार समक्ष सिफारिस गरिएको छ। साथै, प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, तत्कालीन कार्यवाहक प्रमुख काठमाडौं उपत्यका प्रहरी कार्यालयका ओमबहादुर राना, तत्कालीन काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तत्कालीन कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा, नेपाल प्रहरी विशेष कार्यदल, संसद् भवन प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई कारबाहीको सिफारिस गरेको छ।
प्रतिवेदन भदौ २३ र २४ मा उनीहरूले सम्पादन गरेको कार्य र क्रियाकलापमा विश्लेषण र गरी उनहरूले कर्तव्यपालन देखाएको कमजोरी र निर्वाह गरेको भूमिकाका लागि उनीहरूलाई कारबाहीको सिफारिस गरिएको आयोगले बताएको छ। २०८२ भदौ २३ गते संसद् परिसरबाट गोली चलेर त्यही दिन १७ जना र त्यसै दिन गोली लागेका १२ जना आन्दोलनकारीहरूको पछि मृत्यु भएको देखिन्छ। २४ गते पनि राष्ट्रिय सम्पदा लगायत सरकारी भवनहरू र देशभर आगजनी र लुटपाट भएको थियो।
भदौ २३/२४ गते जिम्मेवारीमा रहेका उनीहरू आफ्नो कर्तव्यपालनमा चुकेकासमेत कारणले अधिकृतहरूलाई प्रहरी ऐन, २०१२ को दफा ९ को उपदफा (४) तथा प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार कारबाही गर्न गराउन आयोगले सरकार समक्ष सिफारिस गरेको छ।



About Us
प्रतिक्रिया