काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवराम जोशीले राजीनामा दिएका छन्। जोशीले चैत ९ गते सीईओ पदबाट राजीनामा दिएका हुन्।
कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा सोही मितिदेखि लागूहुने गरी स्वीकृत गरेको छ।
त्यस्तै, सोही बैठकले संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संस्थामा कार्यरत प्रबन्धक हेमराज जोशीलाई दिएको छ। उनलाई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि आजदेखि (चैत १२) देखि लागु हुने गरी सो पदको जिम्मेवारी समेत दिएको संस्थाले जनाएको छ।



About Us
प्रतिक्रिया