सरकारी खातामा ३ खर्ब ७३ अर्ब ७३ करोड नगद मौज्दात


काठमाडौं – नेपाल सरकारका विभिन्न खातामा ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम मौज्दात रहेको पाइएको छ। माघ मसान्तसम्म नेपाल राष्ट्र बैंकका विभिन्न खातामा सो रकम रहेको छ। यसमा प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकम समेत जोडिन्छ। असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको माघसम्म सरकारको कुल खर्च ८०१ अर्ब रुपैयाँ ३७ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च ५६२ अर्ब रुपैयाँ ३७ करोड, पुँजीगत खर्च ६३ अर्ब ७३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १७५ अर्ब २७ करोड रहेको छ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६६५ अर्ब २ करोड रूपैयाँ पुगेको छ। यसअन्तर्गत कर राजस्व ५९९ अर्ब ३१ करोड रूपैयाँ र गैरकर राजस्व ६५ अर्ब ७१ करोड रूपैयाँ परिचालन भएको छ।