काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। लगातार ५ कारोबारको दिनदेखि बढ्दै आएको बजार आज साताको चौथो कारोबारको दिन बुधबार भने दोहोरो अंकले घटेको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ं४५ अंकले घटेर परिसुचक २९ सय ३५ दशमलव ९४ को बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेसँगै ७ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
त्यस्तै, अपि पावर कम्पनीको ५१ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी सुपर खुदी हाइड्रोपार र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज अभियान लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया