काठमाडौं- काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन्। ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार, ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो।उनीहरु पर्यटक भिसामा बस्दै आइरहेका थिए। पक्राउ परेका महिलाहरुको उमेर २४ वर्षदेखि ४७ वर्षसम्मको रहेका छन्।
उनीहरुले काठमाडौंको ठमेल स्थितमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको को म्याद थप अनुमति लिई अनुसन्धान जारी छ। प्रहरी वृत लैनचौरबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।




About Us
प्रतिक्रिया