स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – स्वरोजगार लघुवित्तले आजदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ३३ हजार ३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो जसमा कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

सो शेयर खरिद गर्न इच्छुक जो कोही सर्वसाधारणले यो सूचना प्रकाशित भएको मिति (चैत ११ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा ५ काभ्रेपलान्चोकस्थित प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन्।