काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.८३ अंकले बढेर परिसुचक २९ सय ६० दशमलव ४० को बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको ३ करोड ३८ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेसँगै ११ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी राधि विद्युत् कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अपि आवर कम्पनीको ५७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी सालापा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया