काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.०१ अंकले बढेर परिसुचक २९ सय ३६ दशमलव ५६ को बिन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको ३ करोड ८० लाख कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स्, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरका लगानीकताले कमाएका छन्। आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। यससँगै आज सनराइज फष्ट म्यूचुअल फण्डका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले गुमाएका छन्।



About Us
प्रतिक्रिया