काठमाडौं – लघुवित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान,सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यको साथ ‘स्मार्ट मनी टक्स’भन्ने नाराका साथ ग्लोबल मनी विक भव्यका साथ मनाएको छ। दिक्तेल खोटाङमा सञ्चालनमा रहेका मध्य ११ वटा लघुवित्त वित्तीय संस्थाहरुको साझा सङ्गठन लघुवित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङको आयोजनामा दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका नगर प्रमुखको प्रमुख अतिथिमा विभिन्न बैंक तथा वित्तीय संस्था बीमा लगायत सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा २०८२ चैत्र ७ गते उक्त कार्यक्रम मनाएको हो।
दिक्तेलको रत्नपार्क गेट बाट–याली सुरु भई जिल्ला समन्वय समितिको सभा हलमा सभा गरी उक्त कार्यक्रम समापन्न भएको हो। उक्त कार्यक्रमको औपचारिक उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख लघुवित्त वित्त वित्तीय संस्थाहरूले खोटाङ जिल्लाका ग्रामीण क्षेत्रमा रहेका विपन्न वर्गका महिलाहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
यसैगरी खोटाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको नीति नियम भित्र रहेर सञ्चालनमा रहेका लघुवित्त वित्त वित्तीय संस्थाहरूले महिलाहरूलाई उद्यमशील बनाउन तथा सानो सानो रकम बचत गर्न घर दैलो सेवा दिई रहेकोले यस्ता वित्तीय संस्थालाई संरक्षण गर्नुका साथै स्थानीयस्तरमा कुनैपनि समस्या परेको खण्डमा सहजीकरण गर्ने बताउँदै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।
मन्तव्य व्यक्त गर्ने क्रममा निर्धन उत्थान लघुवित्त वितिय संस्थाका शाखा प्रमुख टोकराज बस्याल, नाडेप लघुवित्तका अर्जुन ढुङना तथा लघुवित्त बितिए संस्था कर्मचारी मिलन केन्द्र दिक्तेलका अध्यक्ष बिमल सुवेदीले मन्तव्य दिँदै कार्यक्रमको समापन भएको थियो। उक्त कार्यक्रम विभिन्न बैंक तथा वितिय संस्था, बीमा कम्पनी तथा विभिन्न सरकारी निकायहरूको सहभागितामा सम्पन्न भएको थियो र उक्त कार्यक्रमको सञ्चालन बाबुराम कार्कीले गरेका थिए। दिक्तेल खोटाङमा निर्धन, छिमेक, डिप्रोक्स लगायत हाल १३ वटा लघुवित्त वितिय संस्थाले त्यस क्षेत्रका ग्रामीण जनता लाई वितिय सेवा दिइरहेका छन्।



About Us
प्रतिक्रिया