काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकसहित ६ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.५१ अंकले बढेरसँगै ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
आज कारोबारमा आएका ३६४ कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स्, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यी ६ वटै कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।
यससँगै, यी ६ कम्पनी १० प्रतिशतले बढेसँगै, कर्पोरेट डेभलपमेन्ट बैंक शेयरमूल्य २१ सय ५६ दशमलव ९० रुपैयाँ, पुगेको छ। त्यस्तै,सालपा विकास बैंकको १५ सय २७ दशमलव ४० रुपैयाँ, रिलायन्स स्पिनिङको १३ सय ७५ दशमलव १० रुपैयाँ, अभियान लघुवित्तको १२ सय ७ दशमलव ८० रुपैयाँ, सोलु हाइड्रोपावरको ४ सय ८३ दशमलव १० रुपैयाँ र भुजुङ हाइड्रोपावर २ सय ७७ दशमलव ४ रुपैयाँ पुगेको छ।



About Us
प्रतिक्रिया