शेयर बजारमा हरियालीः नेप्से करिब ५५ अंकले बढ्दा कारोबार रकम २३ अर्ब बढी


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.५१ अंकले बढेर परिसुचक २९ सय ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। आज ३६४ कम्पनीको ६ करोड १४ लाख कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज कुमारी बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स्, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।

यससँगै आज एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका हुन्।