काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ११ औं वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाले सो सभा चैत २८ गते एशियन बुद्ध होटल रुपन्देही भैरहवामा बोलाएको हो। सो सभा बिहान १० बजेबाट सुरु हुनेछ।
सो सभाले विशेष प्रस्ताव अन्र्तगत भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने र गाभिने वा प्राप्ती गर्ने र प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारवाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।
त्यस्तै, संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको शेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ। यससँगै, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०८१/०८२ को, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ।
त्यस्तै, संस्थापक समुहका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा १ जनामा संचालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने तथा बाँकी अवधिको लागि निर्वाचित गर्नेछ। साथै, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्नेछ।



About Us
प्रतिक्रिया