समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण जो कोहीले खरिद गर्ने मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक शेयरधनीको नाममा रहेको २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै कम्पनीको विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको सो शेयरमा उनीहरुबाट आवेदन नपरेसँगै अब भने उक्त शेयर सर्वसाधारमा बिक्री खुला गरेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा संस्थाको केन्द्रिय कार्यालय बनेपा –७ काभे्रपलाञ्चोकमा निवेदन दिनसक्नेछन्।