काठमाडौं– नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने बताएका छन। नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कोइरालाले कोषले मुद्दती निक्षेपमा मात्रै सीमित नभई ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।
ब्याजदर कहिलेकाहीँ अत्यधिक बढ्ने र कहिले घट्ने भएकाले लगानीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन विभिन्न उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार हाल बैंकिङ्ग क्षेत्रमा करिब ७७ खर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको छ भने करिब ५८ खर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।
चालु आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्रको विस्तार दर भने करिब तीन दशमलव नौ प्रतिशत हाराहारीमा मात्रै सीमित रहेको उनले जानकारी दिए। अध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरूले प्रवाह गरेको ऋण उठाउन पनि चुनौती देखिएको बताए।



About Us
प्रतिक्रिया