काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय गौशाला महोत्तरीले ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ भन्ने नाराको साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले गौशाला नगरपालिका वडा नम्बर- ५ गौशालास्थित श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयका कक्षा ११/१२ व्यवस्थापन संकायका छात्रछात्राहरूलाई वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे।

विद्यार्थीहरूलाई वित्तीय कारोबार गर्दा हुनसक्ने डिजिटल ठगीबाट बच्ने उपाय, मोबाइल बैंकिङ्ग,क्युआर कोड प्रयोग सम्बन्धमा जानकारी प्रदान गरिएको थियो। संस्थाले विद्यार्थीहरुलाई ३ जिरो क्लव गठन गरी वातावरण संरक्षण ,उद्यमशीलता सिप विकास सम्बन्धमा समुदायलाई गरिबीबाट मुक्त गराउन उद्यमशीलता र वित्तीय साक्षरता मार्फत युवाहरूलाई जागरूक बनाउने बेरोजगारीका चुनौतीहरूलाई सम्बोधन गर्न युवाहरूमा सीप विकास र रोजगारी सिर्जनालाई बढवा दिनेवातावरणीय दिगोपनाका पहलहरूमा युवाहरूलाई सहभागी गराउने र वातावरणमैत्री अभ्यासहरूलाई प्रवर्द्धन गर्ने। लगायतकाविषयहरूमा छलफल अन्तरक्रिया गरेकाे छ।

वित्तीय साक्षरता कार्यक्रमलाई शाखा प्रबन्धक चन्द्र देब जैशीले सहजीकरण गरेका थिए कार्यक्रम सञ्चालन वरिष्ठ सहायक कर्मचारी अनिष प्रसाद चौधरीले गरेका थियो। विद्यालयका शिक्षक बिनोद कुमार महतोले यस्ता किसिमका कार्यक्रमले विद्यार्थीकोस्तर विकास हुनको साथै वित्तीय ठगीबाट जोगिने बताए।



About Us
प्रतिक्रिया