घोडे जात्रा: कुन–कुन बैंकले उपत्यकाको शाखाबाट सेवा दिइरहेका छन् ?


काठमाडौं – चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ। साेहीअवसरमा आज उपत्यकामा सार्वजनिक बिदा छ।

सार्वजनिक बिदा भएकाले उपत्यकाका सरकारी कार्यलय, विद्यालय, शेयर बजार लगायतका संस्थाहरु बन्द छन्। तर, सेवाग्राहीकाे आवश्यकता मध्यनजर गर्दै अधिकांश वाणिज्य तथा विकास बैंकहरूले सेवा दिइरहेका हुन्।

बैंकहरूले पूर्ण सेवा नदिएपनि उपत्यकाका तथा बाहिरका शाखाहरू खुल्ला राखी सिमित सेवा प्रदान गरिरहेका छन्।