वित्तीय कारोबारसम्बन्धी पिन कोड कसैलाई पनि नदिन राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारसम्बन्धी पिन कोड कसैलाई पनि नदिन आग्रह गरेको छ । केन्द्रीय बैंकले ग्लोबल मनी वीकको अवसरमा वित्तीय चेतनाका सन्देश जारी गर्दै वित्तीय कारोबारसम्बन्धी पिन कोडको सुरक्षा गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले पिन कोड हराएमा, चोरी भएमा वा चोरीको आशंका भएमा हुनसक्ने अनाधिकृत कारोबारबाट जोगिन सम्बन्धित बैंक तथा वित्तीय संस्थामा तुरुन्त खबर गर्न समेत आग्रह गरेको छ ।

पछिल्लो चरण प्रविधिको विकाससँगै डिजिटल भुक्तानी बढ्दो छ । यस्तो समयमा डिजिटल ठगीका घटनाहरु बढिरहेकाे भन्दै यसबाट बच्न राष्ट्र बैंकले आग्रह गरेको हो ।